Logo

१२ कक्षाका युवकले बनाए बाँसको मोवाइल ट्रायपड



एजेन्सी, ११ असोज । प्रत्येक मानिसमा एक न एक क्षमता हुन्छ । कसैको बाहिर देखिन्छ भने कसैमा लुकेको प्रतिभा हुन्छ । पन्जाबमा एक युवकले बाँसबाट मोबाइलको लागि ट्रायपड बनाएका छन् ।

१२ कक्षा सम्म पढेका रोमेशलाई पहिलेदेखि नै बाँसको क्राफ्ट बनाउने निकै शोख थियो । उनले आफैले बनाएको क्राफ्टको भिडियो आफ्नै युट्वब च्यानलमा अपलोड गरीरहेका हुन्छन् । उनले क्राफ्ट बनाएर उनलाई भिडियो बनाउन ट्रायपडको आवश्यकता पर्यो र ट्रायपडको निर्माणमा जुटे ।

तर सोही समयमा लकडाउनको कारण सबै अनलाइन अर्डरहरु बन्द भएका थिए । उनले भिडियो हेरेर ट्रायपाड बनाउन थाले । ट्रायपाड बनाउन ७ दिन लागेको उनले बताएका छन् । रोमेशले ट्रायपाड बनाएर अपलोड गरेपछि विभिन्न स्थानबाट मानिसहरुले अर्डर गरेका थिए ।

हाल उनी मणिपुर राज्यको मेरिट अवार्डबाट पनि सम्मानित भएका छन् । नेशनल हैड्लुम डे मा एक अवार्ड समेत प्राप्त गरेका छन् । उनले अवार्डको साथै थुप्रै धनराशी पनि हात पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्