मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौं, ११ असोज । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । मन्त्रिपरिषद्मा पार्टीको तर्फबाट क–कसर्लाई पठाउने भनेर आजको बैठकमा निर्णय गरिने एक नेताले जानकारी दिए ।

आजै बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने भएपछि सरकारले अब पूर्णता पाउने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग नाम मागिसकेका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नहुँदा जसपालाई समस्या हुने भएकोले सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको थियो । file photo