Logo

आलिया–रणबीर जोधपुरमा, ‘वेडिंग डेस्टिनेसन’ खोज्दै



एजेन्सी, ११ असोज । बलिउडमा सबैभन्दा बढी प्रतिक्षा गरिएको विवाहमध्ये एक हो आलिया भट्ट र रणवीर कपुरको । धेरै समयदेखि उनीहरुको विवाहको पर्खाइमा फ्यानहरु बसेका छन् । अब भने प्रतिक्षाको घडी समाप्त हुने सम्भावना बढेको छ । हालै मात्र यो जोडी जोधपुरमा पुगेको छ ।

जोधपुरमा हिड्दै गरेको उनीहरुको सार्वजनिक भएको तस्विरले फेरी चर्चा पाएको छ । उनीहरुको तस्विर हेरेर धेरैले विवाहको लागि स्थान हेर्न गएको अनुमान लगाइरहेका छन् ।  सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले तस्विरकै आधारमा उनीहरुको विवाह हुने भन्दै बधाई दिइरहेका छन् ।

वास्तवमा जोधपुर फिल्म कलाकारको लागि विवाह गर्ने उपयुक्त स्थान हो । घुम्दै हिडेका रणवीरले ब्राउन कलरको लुज टी शर्ट को साथै ट्राउजर लगाएका देखिन्छन् भने आलियाले ग्रीन व्हाइट ज्याकेटको साथमा जीन्स लगाएको देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्