Logo

अक्षय कुमारको ‘रक्षाबन्धन’ र प्रभास–सैफको ‘आदिपुरुष’ भिड्दै



एजेन्सी, ११ असोज । महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि सिनेमाघर खुलाउने निर्णय गरेसँगै बलिउडका फिल्महरुले भट्टाभट रिलिज मिती घोषणा गरिरहेका छन् ।

२०२२ को स्वतन्त्रता दिवसको अवसरमा फिल्महरु आदिपुरुष र रक्षा बन्धनको महासंग्राम हुने भएको छ । उक्तसमयमा अक्षय कुमारको रक्षा बन्धन र प्रभास–सैफ अली खानको आदिपुरुष भिड्ने भएका छन् ।

आदिपुरुषको रिलिज डेटको घोषणा पहिले नै गरिसकेकोे थियो । अब यो फिल्म अर्को वर्ष ११ अगष्टमा सिनेमा घरमा प्रदर्शन गरिने भएको छ । आदिपुरुष बहुभाषी फिल्म हो, जुन हिन्दी, तेलगु, तमिल, मलयालम र कन्नड भाषामा पनि रिलिज हुने भएको छ । फिल्मको निर्देशन ओम राउतले गरेका छन् । फिल्ममा प्रभास राम, सैफ रावण, कृति सिता र सनीले लक्ष्मणको रोल निभाउदै छन् ।

तरुण आदर्शको अनु्सार रक्षाबन्धन अर्को वर्ष ११ अगस्टमा प्रदर्शन हुने भएको छ । यो फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका छन् । अक्षयको साथमा भुमि पेडनेकर फिमेल लीड रोलमा रहेकी छिन् । फिल्म पहिला ५ नोभेम्बर २०२१ मा रिलिज हुने घोषणा गरिएको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम