Logo

विश्वभर २० करोड कोरोना संक्रमित निको, ४७ लाखको निधन



एजेन्सी, ११ असोज । पछिल्लो २ वर्षदेखि विश्वभर कोरोना भाइरसले आतंक फैलाइरहेको छ । कोरोनाबाट संसारभर लाखौको मृत्यु भइसकेको छ । हालसम्म विश्वभर २० करोड ९२ लाख ४६ हजार ९ सय ९० जनाले कोरोना भाइरसलाई जितेका छन् भने २३ करोड २६ लाख ११ हजार ६ सय ४१ जना हालसम्म संक्रमित भएका छन् ।

त्यस्तै, ४७ लाख ६२ हजार १ सय ६० जनाको हालसम्म संक्रमणबाट मृत्यु भएको छ। १ करोड ८६ लाख २ हजार ४ सय ९१ जना संक्रमितको उपचार भैरहेको छ । वल्डोमिटरको अनुसार ९३ हजार ८१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैहरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्