Logo

फोर्स ल्यान्डिङका लागि तयारी थियो धावनमार्गमा



काठमाडौं, ११ असोज । विहान ७३ यात्रु लिएर विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसक्ने भयो । विमानको ल्यान्डङ गियरमा समस्या आयो । पाङ्ग्रा नखुलेपछि फर्कियो ।

विमान काठमाडौंमा अवतरण गर्न खोजियो । पटक पटक प्रयास हुँदा पनि ल्यान्डिङ गियरको समस्या हल भएन । विमान २ घन्टासम्म उडेर कोशिश गरिरह्यो । अन्तमा तेल सक्किदै गएपछि फोर्स ल्यान्डिङको तयारी भयो ।

विमानमा रहेका यात्रुहरु आत्तिनथाले । कोही झ्यालबाट हाम फाल्छु भन्न थाले । रुवावासी चल्यो । एयर होस्टेसहरु रुँदै सम्झाउन थाले । बचाइछाड्ने भन्दै सम्झाउन थाले ।

कतिपय यात्रुहरु तल देखिने पशुपतिनाथ हेर्दै हात जोड्न थाले । धन्न ल्यान्डिङ गियरको समस्या हल भयो । पाङ्ग्रा अचानक खुल्यो ।

विमान धन्न सफलतापूर्वक अवतरण भयो । एम्बुलेन्सलगायत सबै तयारीहरु भइसकेको थियो । फर्म ओछ्याएर अवतरण गर्ने तयारी भएपनि आवश्यक परेन । यात्रुहरु सकुशल उत्रन सके ।

विमानमा रहेका ७३ मध्ये ४९ जनालाई आजै विराटनगर पठाइएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । बाँकी २४ जनालाई बुधबार पठाउने गरी मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्