Logo

तालिवानले झुठ बोलिरहेको छ, नयाँ सरकारसँग सहकार्य हुँदैनः फ्रान्सेली विदेशमन्त्री



एजेन्सी, ११ असोज । फ्रान्सका विदेशमन्त्री जियन भेस ली ड्रियानले तालिवानले झुठ बोलिरहेको र फ्रान्सले नयाँ तालिवानी सरकारसँग कुनै सहकार्य नगर्ने स्पष्ट पारेका छन् । उनले आइतबार कतारसँगको वार्ता हुनु अगावै उक्त विषयमा जानकारी गराएका हुन् । फ्रान्स फाइव टिभीमा अन्तरवार्ता दिने क्रममा उनले यस्तो बताएका हुन् ।

अन्तरवार्ताको क्रममा भनेको विषयलाई सञ्चारमाध्यम द हिन्दूले लेखेको छ,‘तालिवानले अन्तरिम सरकारको निर्माण सँगै केही विदेशी नागरिक र अफगानीलाई स्वतन्त्रता सित बाच्न दिने भनेको विषयमा तालिवान झुठ बोलिरहेको छ । नयाँ तालिवान सरकारसँग फ्रान्सले कुनै प्रकारको सम्बन्ध नराख्ने र कुनै सहकार्य नगर्ने भएको छ । तालिवानले एक्सनबेस काम गरेर देखाउन पर्नेछ । उक्त विषयहरु उनीहरुमा निहित छ ।’ फ्रान्सले अफगानिस्तानबाट ३ हजार मानिसको उद्वार गरिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्