Logo

खैरो हेरोइनसहित युवक पक्राउ



काठमाडौं, ११ असोज । अवैध लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्ने नवलपरासी (पश्चिम) मध्यबिन्दु नगरपालिका ८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई गत बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त ब्राउनसुगर काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने मोरङ उर्लाबारी नगरपालिका–२ घर भएका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि सोही महानगरपालिका–३० ज्ञानेश्वरबाट बा.७० प २४९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तामाङलाई समेत २७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्