Logo

काठमाडौंबाट गाँजाको धुलोसहित तामाङ पक्राउ



काठमाडौं, ११ असोज । लागुऔषध गाजाँको धुलोसहित एक युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट करिब २ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ दोरङ गाउँपालिका १ बस्ने २३ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

धादिङ्बाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोही ठाउँस्थित नागढुङ्गा चेक प्वाइन्ट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजाको धुलो सहित पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्