Logo

पाल्पाको ८१ वडा र दश स्थानीय तहमा अधिवेशन सम्पन्न, दलित प्रतिनिधत्व शून्य



पाल्पा, ११ असोज: पाल्पाको ८१ वडा र दश स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । कुनै पनि समितिको सभापतिमा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।

जिल्लामा ८१ वडा, दुई नगरपालिका र आठ गाउँपालिकामा दलितको उम्मेदवारी नपरेको कांग्रेसका जिल्ला सचिव झपिन्द्र गैरेले बताए । दश स्थानीय तहमध्ये पूर्वखोला गाउँपालिकामा विष्णुमाया आचार्य सभापतिमा निर्वाचित भएका छन् । माथागढी गाउँपालिकामा जनजाति उम्मेदवार दीपक थापा र निस्दी गाउँपालिकामा पूर्णबहादुर खाँड ठकुरी नेतृत्वमा आएका छन् ।

रामपुर नगरपालिकामा सभापतिमा नेत्र भट्टराई र रिब्दीकोट गाउँपालिकामा रामचन्द्र पाण्डे निर्वाचित भएका हुन् । रैनादेवी छहरा गाउँपालिकामा विष्णुप्रसाद पोखरेल, तिनाउ गाउँपालिकामा प्रेम पाण्डे, वगनासकाली गाउँपालिकामा थानेश्वर तिमिल्सिना, रम्भा गाउँपालिकामा ऋिषिराम अर्याल र निस्दी गाउँपालिकामा पूर्णबहादुर खाँड सभापति बनेको सचिव गैरेले जानकारी दिए ।

सदरमुकामस्थित तानसेनमा नगर अधिवेशन हुन सकेको छैन । जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मोहन श्रेष्ठ र सुवर्णमूनि शाक्यले नगर सभापतिमा दाबी गरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्