Logo

ब्राउनसुगरसहित ३ जना पक्राउ



ललितपुर, ११ असोज । लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २ सय ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र नगद १ लाख ५५ हजार रुपैयाँ सहित सोही महानगरपालिका बस्ने गोरखा भिमसेन थापा गाउँपालिका ७ घर भएका २८ वर्षीय गणेश अधिकारी लगायत ३ जना आइतबार राति पक्राउ परेका हुन् ।

बा.१० च ३३०९ नम्बरको गाडीमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी गाडीका चालक समेत ३ जनालाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्