Logo

साफ च्याम्पियनसिपको लागि नेपाली टोली माल्दिभ्स प्रस्थान



काठमाडौं, ११ असोज । साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली माल्दिभ्स प्रस्थान गरेको छ । प्रशिक्षणको लागि केही समय अघि कतारको दोहा गएको नेपाली टोली आज (सोमबार) दोहाबाट माल्दिभ्स प्रस्थान गरेको हो ।

नेपाली टोलीले हिजो कतारको दोहामा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । नेपालले ओमानसँग ७–२ को फराकिलो हार ब्यहोरेको हो ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हिजो नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले नेपाली टोलीको गोलरक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै टोलीमा दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् ।

नेपालले कतारको दोहामा प्रशिक्षणको क्रममा दुई वटा मैत्रीपुर्ण खेल खेलेको थियो । दोहाको एक स्थानीय क्लवसँगको खेलमा जित निकाल्यो भने हिजो भएको ओमानसँगको मैत्रीपुर्ण खेलमा नेपालले हार ब्याहोर्यो ।
नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ । साथै तेस्रो खेलमा भारतसँग असोज २४मा भिड्दैछ । त्यसैगरि लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग असोज २७ मा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्