Logo

सर्लाहीमा मलको हाहाकार



सर्लाही, ११ असोज । नेपालका अधिकांश जनता कृषिमा आधारित छन् । समयमै मल नपाउने समस्या किसानहरुले सधै भोग्नुपर्छ ।

धानले अहिले फुल खेल्ने बेला भइसकेको छ । डेढ महिनादेखि सर्लाहीका कृषकहरुले युरिया र डिएपी मल पाएका छैनन् । मल वितरण गर्दै आएका सहकारीहरु, डिलरहरु र पसलहरुमा किसान पुग्ने भएपनि रित्तो हात फर्कुनपरेको कृषकहरु बताउछन् ।

‘२ महिना अगाडी प्रतिबोरा ९ सय रुपैयाँले पाइने मल अहिले सहजै पाइदैन, पाएपनि २५ सय रुपैयाँमा तिर्नुपर्छ ।’ कृषक सन्तोष चौधरीले भने, ‘डेढमहिनादेखि १ किलो पनि मल पाएका छैनौ ।’ चौधरीले व्यापारीहरुले लुकाएर मल ब्याल्कमा बेच्ने गरेको आरोप समेत लगाए । मल नपाएपछि यो वर्षको धानबाली बिग्रिन लागेको उनको भनाई थियो । डिलरहरुमा मल नपाएपनि काला बजारी पयाप्तरुपमा भएको उनले बताए ।

उनले किसानहरुको समस्या कुनै राजनीतिक दलहरु र नेताहरुले नबुझ्ने पनि गुनासो गरे । उनले भने, ‘हामी गरीबको पक्षमा काम गर्ने र हाम्रो कुरा सुन्ने कोही भएन ।’ सम्बन्धित स्थानमा गएर समस्या राख्दा पनि कुनै समस्याको सुनु्वाई नुहुने बताए । सम्बन्धित निकायहरुसँग किसानहरुलाई मल तुरुन्त बिक्रि वितरण गर्न समेत उनले माग गरे ।



प्रतिक्रिया दिनुहोस्