Logo

क्यानडामा फुड प्याकेजिङ काममा लगाई दिने भनि ठगी गर्ने २ जना पक्राउ



झापा, ११ असोज । क्यानाडामा फुड प्याकेजिङ काममा लगाई दिने भनि ठगी गर्ने २ व्यक्तिहरु पक्राउ परेका छन् । क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव २ लाख २५ हजार रुपैयाँमा जागिर लगाई दिने भन्दै ३ लाख रुपैयाँ ठग्ने मोरङ पथरी शनिश्चरे नगरपालिका १० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनबर्षी नगरपालिका ८ का ३७ वर्षीय प्रवेज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कमल गाउँपालिका वडा नं. ६ घर भई काठमाण्डौ बानेश्वर बस्ने आशिष काफ्लेले आफुलाई ठगी गरेको हुँदा अनुसन्धान गरी कारवाही निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय गरेर महाशाखाले असोज ८ गते उर्लावारीमा रहेको कावेली रेमिटमा रकम निकाल्न गएको अवस्थामा बिश्वकर्मा, आलमलाई पिडितलाई रकम पठाउन लगाएको व्यक्तिको नागरिकताको प्रमाणपत्र समेतका दशीहरु सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

पक्राउ गरी महाशाखामा ठगी सम्वन्धि कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि प्रहरी परिसर काठमाण्डौमा पठाएको जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्