Logo

मोइन अली गरे टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा



काठमाडौँ, ११ असोज । इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।३४ वर्षीय अलीले सन् २०१४ बाट इंग्ल्याण्डका लागि टेस्ट खेल्न सुरु गरेका थिए ।

उनले अहिलेसम्म इंग्ल्यान्डका लागि ६४ टेस्ट म्याच खेल्दा १९५ विकेट लिएका छन् । साथै, उनले ६४ म्याचमा २९ सय १४ रन जोडेका छन् । ‘सम्भव भएसम्म म अझै क्रिकेट खेल्न चाहन्छु । मलाई लाग्छ मैले धेरै खेलिसकेँ, मैले जे गरेँ त्यसमा म खुसी छु ’, उनले क्रिक इन्फोसँग भनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्