Logo

नेप्सेमा आज भारी अंकको गिरावट, ५ अर्बमा कारोबार सिमित



काठमाडौं, ११ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा ७३ दशमलव ५ अंकले घटेर २६ सय ८५ दशमलव ४१ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ९४ अंकले घटेर ५०६ दशमलव ३३ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ७६ हजार ५ सय ८७ पटक कारोबार भएर ५ अर्ब १२ करोड ९७ लाख ३ हजार ९६ रुपैयाँ बराबरको १ करोड ४७ लाख ८ हजार ६८ कित्ता शेयर किनबेच भएको हो । आज १२ वटा उपसमुह राताम्मै छन् ।



प्रतिक्रिया दिनुहोस्