Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, ११ असोज । ७६ हजार ५ सय ८७ पटक कारोबार भएर ५ अर्ब १२ करोड ९७ लाख ३ हजार ९६ रुपैयाँ बराबरको १ करोड ४७ लाख ८ हजार ६८ कित्ता शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, आज यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार हिमालयन डिस्टीलरीको १२ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल बैंकको आज १२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज १२ वटा उपसमुह राताम्मै छन् ।



प्रतिक्रिया दिनुहोस्