Logo

उच्च अंकले नेप्से घट्दा मनकामना स्मार्टको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, ११ असोज । नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७३ दशमलव ५ अंकले घटेको हो । आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

कम्पनीका लगानीकर्ताले आज ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । साताको कारोबारको दोस्रो दिन आज मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

यसैगरी, गोर्खाज फाइनान्स कमपनीका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्