Logo

वर्षाका कारण ईपीएलको अर्को खेल पनि स्थगित



काठमाडौं, ११ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गतका आज हुने भनिएका दुबै खेल स्थगित भएको छ ।आज (सोमबार) बिहानको लागि तय भएको काठमाडौं–११ र विराटनगर वारियर्स बीचको खेल टस नगरि स्थगित भएको थियो ।

साथै, दिउँसो १ः३० बजे सुरुहुने तालिका रहेको भैरहवा र चितवनबीचको खेल टियू क्रिकेट मैदान भिजेको कारण खेल हुन नसकिने भएपछि स्थगित गरिएको हो । आइतबार परेको वर्षाको कारण पनि एक खेल स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्