Logo

कुमारी बैंकका कार्डवाहक ग्राहकलाई दराजसँग सामान किन्दा विशेष छुट



काठमाडौं, ११ असोज । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले सम्झौता गरेको बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्ने भएका छन् ।

बैंकको अनुसार सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा २ हजार सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा २५ सयसम्मको छुट पाउनेछन् । सो सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्