Logo

आज संक्रमित हुने र निको हुने बराबर



काठमाडौं, ११ असोज। आज नेपालमा कोरोना भाइरसका १ हजार २ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १२ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ४ सय ८८ परीक्षणमा पिसीआर विधिबाट ९ सय ७५ र एन्टिजेन विधिबाट ३ सय ७ संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्