Logo

आज थप ७ संक्रमितको मृत्यु



काठमाडौं, ११ असोज । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार २ सय ८२ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ पुगेको छ ।

यसैगरी, आज १२ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot