Logo

नेपालमा सक्रिय संक्रमितको संख्या घट्दै



काठमाडौं, ११ असोज। नेपालमा कोरोना भाइरसको संक्रमणदर घट्दै गइरहेको छ । सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभरमा १८ हजार ८ सय ४८ जना संक्रमितको उपचार भैरहेको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार २ सय ८२ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ पुगेको छ ।

यसैगरी, आज १२ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्