Logo

ग्लोबल आईएमई बैंकले गर्यो बाख्रापालक किसानसँग सम्झौता



काठमाडौं, ११ असोज । ग्लोबल आईएमई बैंकले गुल्मी जिल्लाका बाख्रापालक किसानसँग सहकार्य गरेको छ । बैंकले स्थानिय तहबिच सम्झौता कर्जा दिने सम्बन्धि सम्झौता गरेको हो । बैंक र गुल्मीका विभिन्न स्थानिय तहहरूबीच हेफर प्रोजेक्ट नेपालको समन्वयमा “बाख्रापालन सामुदायिक विकास परियोजना” अन्तर्गत बाख्रापालक कृषकहरूलाई सहुलियतपूर्ण कृषिकर्जा दिने सम्झौता गरेको हो ।

अब बैंकले सम्झौतापछि सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपालअन्तर्गतको “बाख्रापालन सामुदायिक विकास परियोजना” का लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम दश लाख) सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

यस्तै, परियोजनाअन्तर्गतका ऋणिहरूलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्