Logo

माछापुच्छ्रे बैंकको २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक योजना



काठमाडौं, ११ असोज । आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार योजना ल्याएको छ । बैंकले यो अफर यही असोज १७ गते सम्मका लागि लागु रहने जानकारी दिएको छ ।

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन्।

बैंकको अनुसार क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत धेरै उपहारहरु रहेको बैंकले जनाएको छ ।

त्यसैगरी सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजार सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापुको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्