Logo

स्वदेश फर्किए अफ्रिदी



काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् ।

इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका हुन् । उनी अपरान्ह ४ बजे स्वदेश फर्कीएका हुन् ।
अफ्रिदीलाई काठमाडौं किङ्स इलेभेनले अनुबन्धित गरेको थियो ।

ललितपुर प्याट्रियट्स विरुद्धको उद्घाटन खेलमा ४ ओभर बलिङ गरेका अफ्रिदीले ३२ रन खर्चेका थिए । अफ्रिदीले ब्याटिङ गर्ने मौका भने पाएनन् । अफ्रिदी नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । साथै, उनलाई मुस्लिम आयोगले सम्मान समेत गरेको थियो । नेपालमा ५ दिन बसाइका क्रममा अफ्रिदीले माउण्टेन फ्लाइट समेत गरे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्