Logo

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज (विज्ञप्तीसहित)



काठमाडौं, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

संविधानको धारा ११४ को उपधारा (२) को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्