Logo

यस्तो छ आज सुनचाँदीको भाउ



काठमाडौं, १२ असोज। आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज( (मंगलबार) छापावाल सुन तोलामा ३ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य हिजो प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएकोमा ५ रुपैयाँले घटेर आज प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्