Logo

ईपीएलमा आज काठमाडौँ र पोखरा भिड्दै



काठमाडौं, १२ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।आज काठमाडौँ किङ्स–११ र पोखरा राइनोज भिड्दै छन् । टियू क्रिकेट मैदानमा हुने खेल मध्यान्न १२ः१५ बजे सुरु हुनेछ ।

सन्दीप लामीछानेको कप्तानीमा रहेको काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।सोमबार तय भएको काठमाडौँ र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र भैरहवा ग्लाडीयटर्स बिचको खेलमा वर्षा बाधक भएपछि दुई टोलीले अंक बाडेका थिए । इपीएल गत शनिबारबाट सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्