Logo

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै



काठमाडौँ, १२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छिन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।-File Photo

 

‘राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज (विज्ञप्तीसहित)’



प्रतिक्रिया दिनुहोस्