Logo

कुमारी बैंकको लाभांश प्रस्ताव कति ?



काठमाडौं, १२ असोज । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले गत वर्षको नाफाबाट हाल कायम भएको चुक्तापुँजीको आधारमा ६ प्रतिशत बोनस र कर २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको चुक्तापुँजी हाल १३ अर्ब ८७ लाख ७४ हजार रहेको छ । सोही पुँजीको आधारमा राष्ट्र बैंकले स्वीकृती दिएपछि बैंकको साधारण सभाले पारित गरेपछि वितरण गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्