Logo

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै राप्रपा अध्यक्ष थापाको टिप्पणी: ‘भ्रष्ट-निर्लज्ज राजनीतिको नमुना’



काठमाडौँ, १२ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले सरकारले आफैले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गरेका छन् । थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्विटमा रि–ट्विट गर्दै सरकारले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) फुटाएलगत्तै दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गरेका हुन् ।

अध्यादेश प्रकरणले वर्तमान गठबन्धन सरकार भ्रष्ट र निर्लज्ज राजनीतिको नमूना रहेको पृष्टि गरेका हुन् । उनले लेखेका छन् ‘भ्रष्ट-निर्लज्ज राजनीतिको नमुना । परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता’, उनले प्रश्न गरेका छन्, ‘यहि हो अग्रगमन र संविधानको रक्षा ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot