Logo

‘म मन्त्री भएको विकास गर्न हो भन्ने भोक भएकाहरुलाई मन्त्री बनाउनुपर्छ’ : डा. गोविन्दराज पोखरेल (भिडिओसहित)



काठमाडौं, १२ असोज । प्रा.डा. गोविन्दराज पोखरेलले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जे/जति सपना बाँडेपनि सोअनुसार पफर्मेन्स नभएको टिप्पणी गरेका छन् । अहिलेको सरकारलाई मोटामोटी एक वर्षमात्रै समय बाँकी रहेकोले द्रुत गतिमा राम्रो काम गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले जनतालाई आशा जगाउने खालको मन्त्रिमण्डल बनाउनुपर्नेमा जोड दिए । पर्फम गर्नसक्ने मन्त्रीहरु ल्याउनुपर्ने उनको भनाई हो । उनले भने,‘जनतालाई केही दिनसक्ने नेताहरुलाई मन्त्री बनाउनुपर्छ । मन्त्री भएको विकास गर्नको लागि हो भन्ने उहाँहरुमा भोक हुनुपर्छ ।’

उता, नेकपा (माओवादी केन्द्र) का नेता जीवन बुढाले पार्टीबाट योग्य र सक्षम व्यक्तिहरु मन्त्री बनेर जाने स्पष्ट पारेका छन् । उनले अहिले पनि माओवादी केन्द्रबाट धेरै राम्रा व्यक्ति मन्त्री बनेको भन्दै त्यही लेभलका नेताहरु अब विस्तार हुने मन्त्रिपरिषद्मा सहभागी हुने विश्वास दिलाए । उनले माओवादीमा मन्त्री बन्नको लागि तँछाडमँछाड नभएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्