Logo

लागुऔषध सप्लाई गर्ने बिरालो हिरासतबाट भागेपछि प्रहरीले अनुसन्धान गर्दै



एजेन्सी, १२ असोज । हामीले आजसम्म कुख्यात अपराधीहरुले मात्र लागुऔषध सेवन र ओसार पोसार गरेको थाहा पाएका थियौ । तर, श्रीलंकामा प्रहरीले २ ग्राम हेरोइन, २ वटा सिमकार्ड र एक मेमोरी चिपसहित बिरालोलाई पक्राउ गरेको छ । हिरासतमा लिएपछि प्रहरीलाई छलेर बिरालो बाहिर भाग्न सफल भएको छ ।

एक मिडिया रिपोर्टको अनुसार वेलिकाडा जेलको सुरक्षा अधिकारीहरुले बिरालोलाई पक्राउ गरेका थिए । बिरालोको घाँटी भन्दा तल बाधिएको सानो प्लास्टिकको थैलोमा करीब २ ग्राम हेरोइन, २ सिमकार्ड र एक मेमोरी चिप भेटिएको थियो । जेलको जुन कोठामा बिरालोलाई थुनिएको थियो सोही कोठाबाट आइतबार बिरालो बाहिर निस्केको हो । प्रहरी बिरालो भागेपछि लागुऔषध र बिरालोलाई प्रयोग गर्ने तस्करीको खोजीमा जुटिरहेको छ ।

प्रहरीको अनुसार श्रीलंकामा पछिल्लो केही समयदेखि लागुऔषधका तस्करी बढ्दै गएको छ । यसमा एन्टी नारकोटिक्सका केही जाजुसी पनि सहभागी छन् । यस्ता मानिसहरुले जनावरको प्रयोग गरेर सामानहरु ओसार पोसार गर्ने काम गरिरहेका छन् । केही समय अगाडी जनावर बाजलाई पनि समातेको थियो । जसले लागुऔषध सेवन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्