Logo

विश्व पर्यटन दिवस’ मनाउन पाटन दरबार स्क्वायरमा भेला भएकाहरुलाई गुर्जोको चिया सेवन गराईयो (फोटोफिचर)



काठमाडौं, १२ असोज । हिजो विश्व पर्यटन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर उक्त दिवस मनाईएको छ । ललितपुरको पाटन पाटन दरबार स्क्वायरमा पर्यटन दिवस मनाउन भेला भएकाहरुलाई गुर्जोको चिया सेवन गराईएको छ ।

निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले उपस्थित् सबैलाई गुर्जोको चिया सेवन गराएका थिए । त्यस्तै, गुर्जोको चिया प्याकेट र धुलो औषधीसमेत उपस्थित महानुभावहरुलाई वितरण गरिएको राजलवटले जानकारी दिए ।

कार्यक्रममा पतञ्जली योग समिति ललितपुरका योग गुरु कपिल शाहीलगायतको सक्रिय सहभागिता रहेको थियो । चिया सेवन गरेकाहरुले एक स्वरमा ‘जय गुर्जो’ भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम