Logo

महिलालाई बन्धक बनाएर बलात्कार गर्दै आएका पक्राउ



काठमाडौं, १२ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका १७ घर भएका ३९ वर्षीय निरज शर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

निरज र उनकै श्रीमती ३८ वर्षीया नितु शर्मा समेतले आफ्नै कोठामा ती महिलालाई बन्धक बनाई राखेकोमा निरजले जबरजस्ती करणी समेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्