Logo

प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ



उदयपुर, १२ असोज । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

डिउटीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्