Logo

दश बुँदे सहमति कार्यान्वयन गर्न गठित कायर्दलको बैठक जारी



काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कार्यदलका सदस्यहरुको बैठक जारी छ । पार्टी मुख्यालय थापाथलीमा अहिले दश बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल चलिरहेको बताईएको छ ।

दश बुँदे सहमति कार्यान्वयनको लागि भीम रावललाई संयोजक बनाईएको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् । शंकर पोखरेललाई हिजोमात्रै कार्यदलमा समावेश गरिएको हो ।

दश बुँदे कार्यान्व्यन नभएको भन्दै सबैभन्दा बढि असन्तुष्टि भीम रावलले पोख्दै आएका छन् । सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टलाई काम गर्न दिईएको भन्दै रावल रुष्ट छन् । भट्ट स्वयमले पनि आफू नै ईन्चार्ज भएको भन्दै दश बुँदे सहमति पालना गर्न बाध्यकारी नभएको सार्वजनिक प्रतिक्रिया दिएका छन् । file photo

 

 

 

 



प्रतिक्रिया दिनुहोस्