Logo

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट



जाजरकोट, १२ असोज: जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या हल भएको हो । नेपालगञ्जबाट अक्सिजन भरेर जिल्ला अस्पतालले सेवा प्रदान गरिँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारीदिए ।

अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । जिल्ला अस्पताललाई ५० शय्याका रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारीे छ । शय्या थपसँगै नयाँ भवन निर्माणाधीन छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईवटा प्लान्ट हुने जनाइएको छ । अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए । त्यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने जनाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्