Logo

वर्षाका कारण इपीएलमा हुने आजको खेल पनि स्थगित



काठमाडौँ, १२ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने खेल वर्षाका कारण स्थगित भएको छ । आज पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षा कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको थियो। तर, वर्षाका कारण भने उक्त खेल स्थगित गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम