Logo

शम्भु थापालाई मन्त्री बनाइँदै



काठमाडौं, १२ असोज । वरिष्ठ अधिवक्ता शम्भु थापा मन्त्री बनाइने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा उनलाई मन्त्री बनाउने भएका हुन् ।

मन्त्रिपरिषद विस्तारमा थापालाई मन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई प्रस्ताव गरिसकेको बुृझिएको छ । देउवा थापालाई मन्त्री बनाउन सहमत भएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध शम्भु थापा कानुनी लडाईंमा अग्रपंक्तिमा थिए । उनले विघटनविरुद्ध नागरिक तहमा जनमत बनाउन पनि भूमिका खेलेका थिए ।

नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष समेत रहेका थापा खरो स्वभावका मानिन्छन् ।

यसैगरी, नागरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दीको नाम पनि मन्त्रीका लागि चर्चामा छ । उनले पनि प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाईंमा महत्वपूर्ण भूमिका खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्