Logo

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो



काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ ।

नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ ।

अहिलेको लटमै मन्त्री बन्ने दौडमा जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणि चौधरी र भवानी खापुङ अगाडि देखिएको छ । उनीहरुको नामबारे छलफल बढेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्