Logo

पार्टीको महाधिवेशनलाई महोत्सव भन्दै विनोद चौधरीले भने–’देशलाई समृद्ध बनाऔं !’



काठमाडौं, १२ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद तथा देशका एकमात्र डलर अर्बपती विनोद कुमार चौधरीले पार्टी कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउनुपर्ने र देशलाई आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने नारा अघि सारेका छन् ।

आज पार्टीको देवचुली नगर समितिको चुनावमा मतदान गरेको तस्विरसहित चौधरीले यस्तो बताएका हुन् । उनले पार्टीको १४औं महाधिवेशनलाई पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने महोत्सवको रुपमा समेत चित्रण गरेका छन् । यसबाट आफू उत्साही भएको पनि चौधरीको भनाई छ ।

चौधरीले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–

‘पार्टी कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔं
देशलाई आर्थिक रूपमा समृद्ध बनाऔं !’

नेपाली कांग्रेस ऐतिहासिक महाधिवेशनको संघारमा छ। पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने यो महोत्सवलाई लिएर म निकै उत्साहित छु । यही क्रममा देवचुली नगर समितिको चुनावमा मतदान पनि गरें । जय नेपाल १



प्रतिक्रिया दिनुहोस्