Logo

कोरोनाबाट आज थप १२ जनाको मृत्यु



काठमाडौं, १२ असोज । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ५८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको छ ।
यसैगरी, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्