Logo

देशभर १८ हजार ८ सय संक्रमितको उपचार हुँदै



काठमाडौं, १२ असोज । केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गइरहेको छ । आज  कोरोना भाइरसका १ हजार १ सय ५८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

आज देशभर १८ हजार ८ सय २२ जना संक्रमितको उपचार भैरहेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ३ जनाको परीक्षणमा ९ सय ४ जना पिसीआर विधिबाट र एन्टिजेन विधिबाट २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्