Logo

पाकिस्तानले बालबालिका लक्षित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने



इस्लामाबाद,१२ असोज : पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। त्यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका हुन् ।

हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ। मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो ।-एपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्