Logo

विराजले च्यासल युथ क्लबको कप्तानी सम्हाल्ने



काठमाडौं, १२ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।हालै मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका महर्जनले एक वर्ष कप्तानी सम्हाल्ने क्लबले जानकारी दिएको छ ।

आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै क्लबले यसबारे जानकारी दिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुँदैछ ।-Photo Source: Chyasal Youth Club/Facebook Page



प्रतिक्रिया दिनुहोस्