Logo

काठमाडौंमा आज ३ सय ८३ संक्रमित थपिए



काठमाडौँ, १२ असोज । आज देशभर ११ सय ५८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ सय ८३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा २ सय ७०, ललितपुरमा ६९ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन् । यसैगरी, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ३ जनाको परीक्षणमा ९ सय ४ जना पिसीआर विधिबाट र एन्टिजेन विधिबाट २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्