Logo

च्याम्पियन्स लिग फुटबलमा आज विश्वकै महंगो खेल हुँदै, खेलमा फर्किएलान् मेस्सी ?



काठमाडौँ, १२ असोज । च्याम्पियन्स लिग फुटबलमा आज पीएसजी र म्यानेचस्टर सिटी भिड्दैछन् ।फ्रान्सेली क्लब पीएसजी र इङ्ग्लिस क्लब सिटी बीचको खेल नेपाली समयअनुसार मंगलबार १२ः४५ मा सुरु हुनेछ ।
चोटको कारण देखाउँदै पछिल्ला दुई खेलमा लियोनल मेस्सीलाई टोलीमा नराखेका पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आजको खेलमा के गर्लान भन्ने चाँसो विषय बनेको छ । तर, आजको खेलमा मेस्सी मैदानमा फर्कीने विश्वास गरिएको छ ।

आजको खेल विश्वकै महंगो खेल हुने भएको छ । म्यानचेस्टर सिटीको भ्यालु अहिले १ हजार ५ मिलियन युरो छ ।यस्तै पीएसजीको अहिलेको भ्यालु ९ सय ९७ दशमलव २५ रहेको छ । दुबै टोलीको भ्यालु जोड्दा यो खेल २ हजार मिलियन युरोको भएको छ । दुबै टोलीले आजको खेललाई महत्वपूर्ण रुपमा हेरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्