Logo

हतारमा परराष्ट्रमन्त्री बनाइएका खड्काको सपथमाथि प्रश्न, अदालतमा रिट



काठमाडौं, १२ असोज । हतारमा परराष्ट्रमन्त्री बनाएर संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पठाइएका नेपाली काँग्रेसका नेता डा. नारायण खड्कामाथि मुद्दा दायर भएको छ । उनलाई पररराष्ट्र मन्त्रीका हैसियतले जिम्मेवारी बहन नगर्न/नगराउन परमादेशको मागसहित रिट निवेदन दर्ता भएको हो ।

खडकालाई दिइएको सपथ बदरको माग गर्दै परेको रिटमा कानुनी व्यवस्थापन र कानुनी स्रोतबिनै सपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका हुन् । यसको पेशी बुधबारका लागि तोकिएको छ ।

संविधान बमोजिम कानुन नबनाई सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न नगराउन अन्तरिम आदेश जारी गरिएको हो ।

६ असोजमा डा. खड्का परराष्ट्रमन्त्री नियुक्त भएका थिए । उनले संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्